काठमाडौं । शुक्रबार रातिको भूकम्पमा परी रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा १३८ जनाको मृत्यु भएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३८ पुगेको हो ।
दिउँसो १ बजेको अपडेट अनुसार जाजरकोटमा मात्र १०० जनाको मृत्यु भएको छ । त्यसैगरी रुकुम पश्चिममा १९ महिला र १९ पुरुष गरी ३८ जनाको मृत्यु भएको हो ।
दुवै जिल्लाको मृतकको सङ्ख्या जोड्दा १३८ पुगेको हो । त्यस्तै जाजरकोटमा ८१ जना घाइते भएका छन् भने रुकुम पश्चिममा ७५ जना घाइते भएका छन् ।
भूकम्पबाट दैलेखमा २, सल्यानमा १ र जुम्लामा ५ जना घाइते भएका छन् । गएराति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
Leave a Reply