Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • जाजरकोट भूकम्प अपडेट : १३२ जनाको मृत्यु, १४० घाइते

    जाजरकोट भूकम्प अपडेट : १३२ जनाको मृत्यु, १४० घाइते

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 774
    SHARES

    काठमाडौं । जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पमा परी हालसम्म १३२ जनाको मृत्यु भएको छ ।

    शनिवार बिहान साढे ९ बजेसम्मको तथ्यांकअनुसार जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३७ गरी १३२ जनाको मृत्यु भएको हो ।



    शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भई ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।



    जाजरकोटमा भूकम्पका कारण ५५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा अहिलेसम्म ८५ जना घाइते रहेको जनाइएको छ ।

    घाइतेको अस्पतालमा उपचार भइरहेको छ भने अन्यको उद्धार कार्य जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार