काठमाडौं । भूकम्पका कारण घाइते भएका रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका तीन जनालाई सुर्खेत ल्याइएको छ।
नेपाली सेनाको हेलिकप्टर मार्फत उनीहरूको थप उपचारको लागि सुर्खेत पुर्याइएको हो ।
चिकित्सक पुर्याएर फर्किएको हेलिकप्टरमा घाइतेको उद्धार गरिएको बताइएको छ ।
यसलगत्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा पनि प्रभावित क्षेत्रतर्फ गएका छन् । रुकुम पश्चिममा अहिलेसम्म ६२ जनाको मृत्यु भएको छ ।
Leave a Reply