काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जिल्ला अस्पताल जाजरकोट पुगेका छन् ।
उनी जाजरकोट भूकम्पमा परी घाइते भएकाहरूको अवस्थाबारे जानकारी लिन जिल्ला अस्पताल जाजरकोट पुगेका हुन् ।
उनले अस्पतालमा घाइतलेहरूलाई भेटेका छन् । गएरातीको भुकम्पमा परि जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् ।
प्रधानमन्त्रीसँगै वीर हस्पिटल र ट्रमा सेन्टर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी अस्पतालका डाक्टरहरु स्वास्थ सामाग्रीसहित प्रभावित क्षेत्र पुगिसकेको र तत्काल उपलब्ध केहि राहत सामाग्री पनि हेलिकप्टर र जहाजमार्फत पठाईएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
Leave a Reply