Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • जाजरकोट भूकम्प : मर्नेको संख्या १५४ पुग्यो, रुकुम पश्चिममा मात्रै ६२ जना

    जाजरकोट भूकम्प : मर्नेको संख्या १५४ पुग्यो, रुकुम पश्चिममा मात्रै ६२ जना

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 2.8K
    SHARES

    काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १५४ पुगेको छ ।

    पछिल्लो पटक प्राप्त जानकारी अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ६२ जनाको मृत्यु भएको हो । घाइतेको संख्या डेढ सयभन्दा माथि पुगिसकेको छ।



    भूकम्पमा परी गम्भीर घाइते भएका रुकुमपश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । गएराति ११ बजेर ४७ मिनेटमा ६.४ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।



    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः१६ बजेमा ४.६ रेक्टर स्केल, १२ः३५ बजेमा ४.३ रेक्टर स्केल, १२ः२९ बजेमा ४.२ रेक्टर स्केल, १२ः०८ बजेमा ४.५ रेक्टर स्केलका भूकम्प गएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार