काठमाडौं । सभामुख देवराज घिमिरेले जाजरकोटमा गएराति गएको भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।
सभामुख घिमिरेले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै तत्काल उद्धारमा जुट्न अनुरोध गरेका हुन् । उनले उद्धार र राहतमा सक्रियरूपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गरे ।
उनले लेखेका छन्, ‘जाजरकोटमा शुक्रबार राति गएको भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दछु । उद्धार र राहतमा सक्रियरूपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गर्दछु ।’
गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगिसकेको छ भने सयौँ घाइते अवस्थामा छन् ।
Leave a Reply