Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • जाजरकोट भूकम्प : भेरी अस्पताललाई तोकियो डेडिकेटेड अस्पताल

    जाजरकोट भूकम्प : भेरी अस्पताललाई तोकियो डेडिकेटेड अस्पताल

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । जाजरकोट केन्द्र भएर गएको भूकम्पका घाइतेको उपचारका लागि बाँकेमा विशेष व्यवस्था गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय बाँकेले गम्भीर घाइतेको उपचारका लागि भेरी अस्पताल नेपालगन्जलाई डेडिकेटेड अस्पताल बनाएको हो ।



    कोहलपुर मेडिकल कलेजलाई घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ ।



    गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगिसकेको छ भने सयौँ घाइते अवस्थामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार