काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा स्थलगत अनुगमन र उद्धारको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाजरकोट पुगेका छन् । काठमाडौँबाट नेपाली सेनाको मेडिकल टिमसहित उनी जाजरकोट ओर्लिएका हुन् ।
अहिले उनले जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग जिल्लाको अवस्थाबारे बुझिरहेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड बिहानै जाजरकोट गएका हुन्।
गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ।
Leave a Reply