Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • रुकुम पश्चिममा भूकम्पमा परेर ३६ जनाको मृत्यु, ८५ घाइते

    रुकुम पश्चिममा भूकम्पमा परेर ३६ जनाको मृत्यु, ८५ घाइते

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । गएराति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

    सानोभेरी गाउँपालिकामा एकै घरका चारजनासहित अहिलेसम्म ३६ जनाको मृत्यु भएको हो ।



    मृतकको संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । ८५ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।



    घाइतेहरूको स्थानीय अस्पताल र जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जाजरकोट आसपासलाई केन्द्र बनाएर शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार