काठमाडौँ । जाजरकोटमा गएराति गएको शक्तिशाली भूकम्पपछि रुकुम पश्चिममा पनि ठूलो धनजनको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले हालसम्म मृत्यु भएका २७ जना तथा घाइते ५३ जनाको नामावली सार्वजनिक गरेको छ ।
मृत्यु हुनेमध्ये नाम खुलेका १५ जना पुरुष र १२ जना महिला रहेका छन् । सानीभेरी गाउँपालिकामा ६ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको छ भने आठविसकोट नगरपालिकामा ९ जना पुरुष र ९ जना महिलाको मृत्यु भएको छ ।
त्यस्तै, २६ जना महिला र २७ जना पुरुष घाइते भएका छन् । जाजरकोट आसपासलाई केन्द्र बनाएर शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
Leave a Reply