Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • इजरायलका राष्ट्रपति इसाकको प्रतिबद्धता – विपीनको खोजीमा कुनै कसर बाँकी राख्दैनौं

    इजरायलका राष्ट्रपति इसाकको प्रतिबद्धता – विपीनको खोजीमा कुनै कसर बाँकी राख्दैनौं

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 822
    SHARES

    काठमाडौं । इजरायलका राष्ट्रपति इसाक हर्जोगले हमासको आक्रमणमा बेपत्ता भएका नेपाली विद्यार्थी विपीन जोशीको खोजी गर्ने प्रतिबद्धता जनाएका छन् ।

    इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले विपीनको खोजीका लागि गरेको आग्रहमा राष्ट्रपति हर्जोगले जोशीको खोजीमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका हुन् ।



    राष्ट्रपति निवासमा करिब एक घण्टासम्म चलेको भेटमा राजदूत रिजालले विपीनको खोजीका लागि इजरायलबाट नेपालले अझै सार्थक प्रयासको अपेक्षा गरेको बताएकी थिइन् ।



    जवाफमा राष्ट्रपति हर्जोगले घाइतेहरूको उपचारको व्यवस्था इजरायल सरकारले गर्ने र हराइरहेका विपीनको खोजीमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार