Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काेराेनाकाे कहर: प्रिति भल्व उद्योग सिल

    काेराेनाकाे कहर: प्रिति भल्व उद्योग सिल

    अनलाइन नेपाल
  • सोमबार, १९ साउन २०७७
  • 2.5K
    SHARES

    सुनसरी । धरान ८ स्थित औद्योगिक क्षेत्रमा रहेको प्रिति भल्व एण्ड फिटिङ्स उद्योगमा काम गर्ने एक कर्मचारीमा पोजेटिभ देखिएको छ। उद्योगमा काम गर्ने कर्मचारीहरुमा धमाधम संक्रमण देखिन थालेपछि हिजो साँझ उद्योग सिल गरिएको छ।

    समुदायमा संक्रमण फैलिन नदिन हिजो (आइतबार) राती उद्योग सिल गर्न प्रहरीलाई निर्देशन दिइएको धरानका मेयर तिलक राईले बताए। उनका अनुसार उद्योगमा काम गर्ने कर्मचारीहरुमा संक्रमण पुष्टि भएकोले समुदायमा पनि संक्रमण सार्ने जोखिम बढेको छ।



    प्रहरीले हिजो साँझदेखि नै उद्योग सिल गरेर आवतजावत गर्न निधेष गरिएको जनाएको छ। पिसिआर जाँचको रिपोर्ट नआएसम्म उद्योगभित्र रहेका कर्मचारीहरु भित्रै रहनेछन् भने अन्य कसैलाई पनि उद्योगमा जान नदिइने धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार