Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • रिगल ढकालले भने – कानुनको सम्मान गर्छु, फेरि न्याय पाउने विश्वास छ

    रिगल ढकालले भने – कानुनको सम्मान गर्छु, फेरि न्याय पाउने विश्वास छ

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि पक्राउ परेका योगराज ढकाल (रिगल)ले आफूले आगामी दिनमा फेरि न्याय पाउने बताएका छन् ।

    जिल्ला प्रहरी कार्यालय बाँकेमा आत्मसमर्पणका लागि जानुअघि एक भिडियोमार्फत रिगलले फेरि न्याय पाउने आशा राखेका हुन् । उनले सर्वोच्च अदालतको आदेशको सम्मान गर्ने बताए ।



    ‘सम्मानित अदालतले गरेको निर्णयको सम्मान गर्दै र कानुनमाथि फेरि पनि विश्वास राख्दै मैले भोलि फेरि न्याय पाउने छु भन्ने एउटा आशा गर्दै म आत्मसमर्पण गर्न जाँदै छु । मलाई लागेका दोषहरू पछि के हुन्छ, कसो हुन्छ, त्यो फेरि छानबिन होला । तर, आज सर्वोच्च अदालतको फुल बेन्च (पूर्ण इजलास) ले जुन निर्णय गर्‍यो त्यसको म सम्मान गर्दै म आत्मसमर्पणका लागि जाँदै छु,’ उनले भनेका छन् ।



    कर्तव्य ज्यानको अभियोगमा दोषि ठहर भएका ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ। संविधान दिवशको अबसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत असोज ३ गते रिगलसहितका कैदीलाई आममाफी दिने निर्णय गरेका थिए।

    आफ्ना पति चेतन मानन्धरका हत्यारा रिगललाई सरकारले आममाफी दिएर छाडेपछि भारती शेर्पा मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार