Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र कोरियाका कृषिमन्त्री क्युनबीच भेट

    प्रधानमन्त्री प्रचण्ड र कोरियाका कृषिमन्त्री क्युनबीच भेट

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 471
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्री चुङ ह्याङ क्युनबीच भेटवार्ता भएको छ ।

    गए राति नेपाल आइपुगेका मन्त्री क्युनले आज बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।



    भेटमा कृषि विकासका लागि एक अर्कालाई कसरी सहयोग गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।



    कोरिया सरकारले नेपाललाई दिएको उन्नत जातको गाई बारेमा जानकारी लिन नेपाल आएका मन्त्री क्युनले आजै कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालसँग भेटेर कृषिका विभिन्न क्षेत्रमा सहकार्य गर्ने गरी सम्झौता गर्न लागेका हुन् ।

    मन्त्री क्युनले शुक्रबार खुमलटारस्थित कृषि अनुसन्धान परिषद् (नार्क) को समेत अवलोकन गर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार