Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • मेलवर्नमा २५ भन्दा बढि नेपाली संक्रमित, कर्फ्युको घोषणा

    मेलवर्नमा २५ भन्दा बढि नेपाली संक्रमित, कर्फ्युको घोषणा

    अनलाइन नेपाल
  • सोमबार, १९ साउन २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । अस्ट्रेलियाको मेलवर्न शहरमा आपतकालीन अवस्था घोषणा गर्दै कर्फ्यु आदेश जारी भएको छ।

    एकै दिन ६ सय भन्दा माथिको संख्यामा पोजेटिभ देखिएपछि स्थानीय सरकारले कर्फ्यु आदेश जारी गरेको हो।



    भिक्टोरियाको मेलवर्न शहर वरपर बसोबास गर्दै आएका कम्तीमा ३० नेपालीलाई पनि कोरोना संक्रमण देखिएको एनआरएन भिक्टोरियाका संयोजक प्रेम कडेंलले जनाएका छन् ।



    आइतबार साँझदेखि प्रारम्भ भएको आपतकालीन अवस्थामा मेलबर्नको शहरी इलाकामा रातिको समयमा कर्फ्यू समेत लागू हुने भिक्टोरिया राज्यका सरकार प्रमुख प्रिमियर डेनियल एन्ड्रयुले जनाएका हुन् ।

    बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म बिना काम कोही पनि बाहिर निस्कन पाइनेछैन भने किनमेल र आवश्यक सर–सामान खरिदका लागि पनि बासस्थानको पाँच किलोमिटर दुरीसम्म मात्र अनुमति दिइने सरकारले जनाएको छ।

    यी प्रतिबन्धहरू आगामी ६ हप्ताका लागि लागू हुने सरकारले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार