काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत र बेलायतकी परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच भेटवार्ता भएको छ ।
बेलायत भ्रमणमा रहेका अर्थमन्त्री महतले मंगलबार लण्डनस्थित परराष्ट्र मन्त्रालयमा पुगेर भेटवार्ता गरेका हुन् ।
भेटमा नेपाल र बेलायत द्विपक्षीय सम्बन्धका विभिन्न विषयका साथै विशेष गरी बेलायतबाट नेपालमा वैदेशिक लगानी भित्र्याउने विषयमा कुराकानी भएको थियो ।
भेटमा बेलायतबाट नेपालमा वैदेशिक लगानी भित्र्याउन परराष्ट्र मन्त्रालयको सहयोगका लागि अर्थमन्त्री महतले आग्रह गरेका छन् ।
उनले सूचना प्रविधि, शिक्षा र पर्यटन क्षेत्रमा बेलायतबाट लगानीका लागि समेत आग्रह गरेका थिए।
जलवायु परिवर्तनका असरहरु सिर्जना हुनुमा नेपालको भुमिका नरहे पनि यसका कारण नेपालले भोग्नु परेका समस्याको न्यूनीकरणका लागि बेलायत सरकारको थप सहयोगका लागि उनको आग्रह थियो ।
Leave a Reply