Online Nepal
  • मंगलबार, २७ फाल्गुन २०८१
  • एकैदिन १ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    एकैदिन १ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 741
    SHARES

    फाइल तस्विर

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला १ लाख १७ हजार रुपैयाँ पुगेको सुनको मूल्य ओरालो लागेको छ।

    आज एकैदिन १ हजार रुपैयाँले घटेर १ लाख १५ हजार पुगेको हो।



    सुनको मूल्य सोमबार ५ सयले घटेर १ लाख १६ हजार ५ सय र मंगलबार फेरि सोही मूल्यले घटेर १ लाख १६ हजार रुपैयाँ पुगेको थियो।

    आज तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ। सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ।

    चाँदी प्रतितोला १३८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदी १४ सय २० रुपैयाँ पुगेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार