Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • मेलम्ची पहिरो अपडेट : ३ जनाको शव भेटियो

    मेलम्ची पहिरो अपडेट : ३ जनाको शव भेटियो

    अनलाइन नेपाल
  • सोमबार, १९ साउन २०७७
  • 6.6K
    SHARES

    फाइल तस्विर

    सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनामध्ये ३ जनाको शव भेटिएको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार सोमबार बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा बेपत्ता भएकामध्ये ३ जनाको शव भेटिएको हो ।



    पहिरोमा परी ७ जना नेपाली र एक भारतीय नागरिक गरी ८ जना बेपत्ता भएका हुन । उनीहरु कभर्ड हल निर्माणमा खटिएका कामदार रहेको प्रहरीले जानकारी दिएको छ ।



    पहिरोले कभर्ड हलको आधा भाग र मजजदुर बस्ने टहरो पूरै पुरेको छ ।

    पहिरोमा परी घाइते भएका ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र लगिएको प्रहरीले जनाएको छ ।

    गत असार २४ गते राति सिन्धुपाल्चोकका भोटेकोसी, बुलकुटे र ठाडो खोलामा आएको बाढी पहिरोमा वेपत्ता भएका २० जना अझैसम्म फेला परेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार