Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अर्थमन्त्री महत र बेलायतका ट्रेजरीमन्त्री पेनबीच भेटवार्ता

    अर्थमन्त्री महत र बेलायतका ट्रेजरीमन्त्री पेनबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, १४ कार्तिक २०८०
  • 492
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत र बेलायतका ट्रेजरीमन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ।

    भेटका क्रममा अर्थमन्त्री महतले बेलायतका तर्फबाट नेपालको नवीकरणीय ऊर्जामा लगानीका लागि आग्रह गरेका छन्।



    अर्थमन्त्री महतले बेलायत नेपालको एक प्रमुख विकासको साझेदार देश रहेको स्मरण गर्दै हरित ऊर्जामा दीर्घकालीन वित्तीय स्रोत उपलब्ध गराउनसमेत आग्रह गरे।



    ट्रेजरीमन्त्री पेनले नेपालको आर्थिक विकासमा बेलायतले सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने बताए।

    उनले ‘ग्रीन फाइनान्स’ क्षेत्रमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बेलायतको निजी क्षेत्रलाई नेपालको हरित ऊर्जाको क्षेत्रमा लगानी बढाउन प्रोत्साहन गर्ने बताए।

    भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र नियोग उपप्रमुख रोशन खनालको पनि सहभागिता थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार