काठमाडौं । अमेरिका पुगेका परराष्ट्रमन्त्री एनपी साउदले नेपाल र अमेरिकाबिच घनिष्ट सम्बन्ध रहेको बताएका छन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग द्धीपक्षीय भेटवार्तापछि गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री साउदले यस्तो बताएका हुन् ।
परराष्ट्रमन्त्री साउदले भने,‘अमेरिका नेपालको विकास साझेदार हो । अमेरिकाले हामीलाई धेरै क्षेत्रहरूमा मद्दत गरिरहेको छ ।’
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपाल अमेरिकाको इन्डो प्यासिफिक क्षेत्रमा महत्त्वपूर्ण साझेदार रहेको बताए।
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले भने, ‘नेपाल आज इन्डो प्यासिफिक क्षेत्रमा निकै महत्त्वपूर्ण साझेदार हो ।’
अमेरिकाले प्रशान्त महासागर र हिन्द महासागरमा रहेको क्षेत्रलाई इन्डो प्यासिफिक नाम दिएर सहकार्य गर्दै आइरहेको छ ।
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले अमेरिका र नेपालबिच ७६ वर्षको कुटनीतिक सम्बन्ध रहेको उल्लेख पनि गरे ।
उनले नेपालले धेरै शान्ति सैनिकहरू पठाएर मानिसहरूलाई द्वन्द्वबाट विश्वभर शान्तिमा जान मद्दत गर्न प्रयास गरिरहेको पनि बताए ।
Leave a Reply