Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • हामीले अद्भुत हिमाल र हिमनदीहरू जोगाउनुपर्छ : गुटेरेस

    हामीले अद्भुत हिमाल र हिमनदीहरू जोगाउनुपर्छ : गुटेरेस

    अनलाइन नेपाल
  • मंगलबार, १४ कार्तिक २०८०
  • 558
    SHARES

    पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असर कम गर्न हिमाल र हिमनदी जोगाउनुपर्ने बताएका छन् ।

    अन्नपूर्ण बेसक्याम्पबाट फर्केपछि पोखरामा पत्रकारहरूलाई सम्बोधन गर्दै गुटेरेसले यस्तो बताएका हुन् । उनले जलवायु परिवर्तनले परेको असर अवलोकनका लागि नेपालका हिमाली क्षेत्रमा आउन सुझाव दिए।



    उनले भने, ‘हामीले यी अद्भुत हिमालहरू र यी अद्भुत हिमनदीहरू जोगाउनुपर्छ । जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल र नेपालजस्ता अन्य देशहरूलाई समर्थन गर्न आवश्यक छ ।’



    जलवायु परिवर्तनकै कारण धेरै ठाउँमा भूस्खलन भएको भन्दै उनले यसबाट पीडित समुदायका लागि विश्वस्तरबाटै प्रभावकारी कदम चाल्नुपर्ने बताए । उनले जलवायु परिवर्तनको असरलाई कम गर्न प्रभावकारी ऐक्यबद्धता आवश्यक रहेको बताए ।

    नेपाल भ्रमणका क्रममा अन्नपूर्ण आधार शिविर पुगेका उनले जलवायु परिवर्तनका कारण हिम नदीहरु पग्लिरहेको आफूले पाएको बताए ।

    गुटेरेसले यही रुपमा जलवायु परिवर्तनको असर कायम रहने हो भने एक दिन हिमालमा हिउँ नहुने बताए । हिउँ नभएपछि नदी नाला सुक्ने र मान्छेले पानी नपाउने स्थिति आउने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार