Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • प्रिन्सिपल सर्राफ हत्या प्रकरण : १० जना पक्राउ, मुख्य योजनाकार महिला

    प्रिन्सिपल सर्राफ हत्या प्रकरण : १० जना पक्राउ, मुख्य योजनाकार महिला

    अनलाइन नेपाल
  • मंगलबार, १४ कार्तिक २०८०
  • 2K
    SHARES

    काठमाडौं । बारामा प्रिन्सिपल रुपेश सर्राफको गोली हानी हत्या गरेको आरोपमा १० जना पक्राउ परेका छन् ।

    प्रहरीले अहिलेसम्म १० जना आरोपीलाई पक्राउ गरृको हो । उनीहरुलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।



    बारा कलैया उपमहानगरपालिका–६, का रुपेसमाथि सोमबार १ बजे कलैया बजारमै गोली प्रहार भएको थियो । उनीमाथि अन्धाधुन्द गोली प्रहार भएको थियो । पहिले उनको घाँटीमा दुईवटा गोली लागेको थियो ।



    गोली लागेर घाइते भएका उनको अस्पताल पुर्‍याएलगत्तै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार उनीमाथि पाँचवटा गोली प्रहार भएको थियो ।

    बारा प्रहरीका अनुसार घटनाको अनुसन्धानबाट महिला नै हत्याको मुख्य योजनाकार भएको खुलेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार