एजेन्सी । स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर ऐताना बोनमाटीले पहिलोपटक महिला बालोन डी ओर अवार्ड जितेकी छन्।
२५ वर्षीया बोनमाटीले आफ्नो क्लबलाई नयाँ उचाइमा लान, च्याम्पियन्स लिगमा जिताउन तथा विश्वकप उपाधि दिलाउन सफल भएकी थिइन्।
बोनमतीले बार्सिलोनाबाट चार लिग र दुई च्याम्पियनस लिग जितिसकेकी छन्।
उनले अगस्टमा यूईएफएको वर्ष खेलाडीको अवार्डसमेत जितेकी थिइन्।
Leave a Reply