Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • गुटेरेससँगको भेटपछि प्रधानमन्त्री दाहालले भने–संयुक्त राष्ट्रसंघबाट थप सहयोग र सहजीकरणको आशा बढेको छ

    गुटेरेससँगको भेटपछि प्रधानमन्त्री दाहालले भने–संयुक्त राष्ट्रसंघबाट थप सहयोग र सहजीकरणको आशा बढेको छ

    अनलाइन नेपाल
  • आइतबार, १२ कार्तिक २०८०
  • 582
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय समुदायमा समन्वय र सहकार्यकालागि संयुक्त राष्ट्रसंघबाट नेपाललाई थप सहयोग र सहजीकरणको आशा बढेको बताएका छन् ।

    चार दिने भ्रमणकालागि नेपाल आएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग उच्चस्तरीय भेटवार्तापछि प्रधानमन्त्री दाहालले उच्च विश्वास र सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको बताए ।



    प्रधानमन्त्री दाहालले भने–‘नेपालको हावापानी, राजनीति लगायत धेरै कुरामा उहाँ पहिल्यैदेखि जानकार हुनुहुन्थ्यो । वास्तवमा भेटघाट सौहार्दपूर्ण र उच्च विश्वासको बातावरणमा सम्पन्न भएको छ । दुई पक्षीय हित र राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायमा समन्वय र सहजीकरणका विभिन्न विषयहरूमा कुराकानी भएको छ । विशेषगरी जलवायु परिवर्तन र त्यसबाट नेपालमा परिरहेको असरहरूका सम्बन्धमा छलफल भएको छ । नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणकालागि थप सहयोग र सहजीकरणकोलागि समेत कुराकानी भएको छ ।’



    प्रधानमन्त्री दाहालले भेटमा महासचिव गुटेरेसले विश्व शान्तिकालागि नेपाली शान्ति सेनाले खेलेको भूमिकाको प्रशंसा गरेको बताए । महासचिव गुटेरेसको भ्रमणले राष्ट्र संघ र नेपालकोबीचमा र अन्तर्राष्ट्रिय समुदायमा सहजीकरणकालागि समेत सहयोग पुग्ने अपेक्षा रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

    प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन समेत संयुक्त राष्ट्र संघको सहजीकरण आवश्यक रहेको बताए । त्यस्तै, नेपालको आर्थिक विकास र संमृद्धिका सवालमा समेत राष्ट्र संघबाट थप सहयोग र सहजीकरण तथा दिगो विकास लक्ष्य प्राप्तिको सवालमा समेत नेपालको अवस्थाबारे छलफल भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार