Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • एल क्लासिको : बार्सिलोनाको मैदानमा बेलिङ्घम चम्किदा रियल विजयी

    एल क्लासिको : बार्सिलोनाको मैदानमा बेलिङ्घम चम्किदा रियल विजयी

    अनलाइन नेपाल
  • आइतबार, १२ कार्तिक २०८०
  • 756
    SHARES

    काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा रियल म्याड्रिडले बार्सिलोनालाई २–१ गोलले पराजित गरेको छ। ‘एल क्लासिको’ मा जुड बेलिङ्घमले इन्जुरी समयमा गरेको गोल नै निर्णायक बनेपछि रियल म्याड्रिडले जित हात पारेको हो ।

    शनिबार सम्पन्न खेलमा बेलिङघमले ९२ औं मिनेटमा गोल गरेपछि रियलले बार्सिलोनालाई २–१ ले हराएको हो । स्पेनी ला लिगामा रियलले एक गोलले पछाडि रहेको स्थितिमा यो नाटकीय जित निकालेको हो ।



    इलकयी गुन्डोगनको गोलले बार्सिलोनाले छैटौं मिनेटमा अग्रता लिएयता बेलिङ्घमले नै ६८ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । एल क्लासिको नामले चर्चित बार्सा(रियल म्याड्रिड भिडन्तमा भ्रमणकारी टोलीका ज्युड बेलिङ्घमले दुवै गोल गरेका थिए। दोस्रो हाफको इन्जुरी समय सुरु भएको दोस्रो मिनेटमा उनले गोल गर्दै रियल म्याड्रिडलाई महत्वपूर्ण जित दिलाए।



    बेलिङ्घम यो सिजन ला लिगाका सर्वाधिक गोलकर्ता हुन्। उनले १० गोल गरिसकेका छन्। दोस्रो स्थानमा रहेका एट्लेटिको म्याड्रिडका एन्टोइन ग्रिजम्यानको ७ गोल छ।

    बेलिङ्घमले रियलका लागि भने १६ खेलमा १४ गोल गरिसकेका छन् । जितपछि रियल म्याड्रिड अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। उसले ११ खेलबाट २८ अंक जोडेको छ। बार्साको पनि ११ खेलबाट २४ अंकसहित तेस्रो स्थानमा छ। दोस्रो स्थानमा रहेको गिरोनाको ११ खेलबाट २८ अंक छ। बार्सिलोनाले यो सिजन ला लिगामा पहिलो हार ब्यहोरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार