Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • आज को-कोसंग भेटवार्ता गर्दैछन् राष्ट्रसंघका महासचिव गुटेरेस ?

    आज को-कोसंग भेटवार्ता गर्दैछन् राष्ट्रसंघका महासचिव गुटेरेस ?

    अनलाइन नेपाल
  • आइतबार, १२ कार्तिक २०८०
  • 708
    SHARES

    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन् ।

    उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे । महासचिव गुटेरेसले आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछन् । राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमा उनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



    परराष्ट्र मन्त्रालयका अनुसार आजै महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नेछन्। ती भेटवार्ता संघीय संसद् भवन नयाँबानेश्वरमा हुनेछ।



    त्यसैगरी उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।

    भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्ने कार्यक्रम छ।प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन्।

    भ्रमणका क्रममा भोलि गुटेरेस नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जाने कार्यक्रम छ। संसद् सचिवालयकन अनुसार आगामी मङ्गलबार उनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार