Online Nepal
  • शुक्रबार, १४ मंसिर २०८१
  • नामिबियामा एक सयभन्दा बढी जंगली भैंसीको डुबेर मृत्यु, यस्तो छ कारण

    नामिबियामा एक सयभन्दा बढी जंगली भैंसीको डुबेर मृत्यु, यस्तो छ कारण

    अनलाइन नेपाल
  • शनिबार, ११ कार्तिक २०८०
  • 1.3K
    SHARES

    एजेन्सी । नामिबियामा कम्तीमा एक सयभन्दा बढी भैँसी नदीमा डुबेर मरेका छन् ।

    नामिबियाको वातावरण तथा पर्यटन मन्त्रालयका अनुसार चोबे नदी नजिकै सिंहले आक्रमण गरेपछि तर्सिएर भाग्ने क्रममा १०० भन्दा बढी भैंसी डुबेर मरेका हुन् ।



    मन्त्रालयका प्रवक्ता रोमियो मुयुन्डाका अनुसार सिंहले शुक्रवार बिहानै अगाडि रहेको भैंसीको एक समूहलाई आक्रमण गरेपछि सँगै रहेका अरू बथानका भैँसीहरू भाग्ने क्रममा नदीमा डुबेका थिए ।



    घटनाबारे अनुसन्धान अघि बढाइएको र मरेका भैँसीको सही सङ्ख्या र अन्य सान्दर्भिक विवरणहरू पुष्टि गर्ने मुयुन्डाले बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार