काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले लिम्पियाधुरा, कालापानी नेपालको भूमि रहेकाले त्यो भूमिसँग जग्गा साटफेर गर्न नहुने बताएका छन् ।
भक्तपुरको ल्यासिंखेलमा सुरु भएको दुई दिने ४३औँ नेपालभाषा साहित्य तःमुंज्या (भाषा सम्मेलन) मा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालको भूमि सामरिक महत्वको क्षेत्र भएकाले कुनै पनि हालतमा नेपालले छोड्न नहुने बताए ।
‘पूर्खाको रगतले कोरिएको हाम्रो सार्वभौम भूमि कहीँको जग्गासित पनि साटिन हुँदैन,’ बिजुक्छेले भने ।
Leave a Reply