Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • नेपालले यूएईलाई दियो १६३ रनको मध्यम लक्ष्य

    नेपालले यूएईलाई दियो १६३ रनको मध्यम लक्ष्य

    अनलाइन नेपाल
  • शुक्रबार, १० कार्तिक २०८०
  • 1K
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपालले यूएईलाई १६३ रनको लक्ष्य दिएको छ ।

    यूएईका युवा स्पिनर अयान अफजल खानले घातक बलिङ गर्दै ३ विकेट लिएपछि नेपाल ठूलो स्कोर बनाउन चुकेको हो ।



    त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो ।



    नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले २९ बलमा ६ चौका र ३ छक्का हिर्काए।

    अर्धशतक प्रहार गरेलगत्तै उनी तेस्रो विकेटको रुपमा जाहूर खानबाट ७.३ बोल्ड भएका थिए।

    त्यसअघि अर्का ओपनर आसिफ शेख ७ रन र कुशल मल्ल १ रनमै आउट भए। दुवैलाई युएईका आयान खानले बोल्ड गरेका थिए। रोहितकुमार पौडेलले १८ रन र दीपेन्द्रसिंह ऐरीले २० रन जोड्न सके।

    दुवैलाई युएईका अली नासीरले आउट गरेका थिए। सन्दीप जोरा १० रन र गुल्सन झा ५ रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो। सोमपाल कामी पनि व्यक्तिगत १३ रनमा आयान खानबाट बोल्ड भएका थिए। करण केसीले नटआउट २३ रन जोडे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार