Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • माओवादी घटकहरूबीच एकता आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

    माओवादी घटकहरूबीच एकता आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ९ कार्तिक २०८०
  • 495
    SHARES

    रुकुम । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी घटकहरूबीच एकता आवश्यक रहेको बताएका छन् ।

    रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-६ मग्गामा आज आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।



    प्रधानमन्त्री प्रचण्डले पार्टीले सुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरूबीचको एकताको अभियान पनि रहेको बताए।



    प्रधानमन्त्री प्रचण्डले भने,’हामी ठूलो पार्टीको रूपमा उदाएका थियौं। विडम्बना हामी सबै फरक-फरक बाटोतिर लाग्यौं। हामीले क्रान्ति गर्ने बेला जुन किसिमको प्रतिबद्धता जनतासामु गरेका थियौं, त्यो प्रतिबद्धता भुल्दै साथीहरू फरक बाटोतिर लाग्नुभयो। शान्ति प्रक्रियापछि उहाँहरुलाई के कुरा चित्तै बुझेन पार्टी नै फुटाउनुभयो।हामी माओवादी शक्तिहरू पुनः एक हुनुपर्ने बेला आएको छ। हामीले समाजवादी मोर्चा नै बनाएका छौं। त्यही मोर्चा नै भोलि एकताको बाटोमा जान्छ। समाजवादी मोर्चाको एउटा अभियान छ। हाम्रो पार्टीको एउटा अभियान छ। यो अभियानको सार्थकता भनेकै माओवादी घटक र अन्य विचार मिल्ने पार्टीहरूको एकता हो।’

    केही साथीहरू फरक बाटोमा लागेको भए पनि अझै केही नबिग्रिएको उनको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार पाँच वर्ष टिक्ने दाबी गरे।

    उनले अब माओवादीबाट फुटेर गएका दलहरूबीच एकता आवश्यक रहेको बताए। आफूहरूले निकै बलियो सरकार बनाएको भन्दै उनले यो सरकार पाँचै वर्ष रहने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार