दाङ । दाङमा नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा आमा पक्राउ परेकी छिन् ।
जिल्लाको लमही नगरपालिका–७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरीले बुधवार दिउँसो आफ्नै छोरीको घाँटी रेटेर हत्याको प्रयास गरेपछि आमालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घरपछाडि लगेर तरकारी काट्ने चक्कुले छोरीको घाँटी रेटी रहेको अवस्थामा निर्माका देवरले देखेपछि जोगाएका थिए । १६ दिने शिशुको घाँटीमा चक्कुले काटेको खत छ भने शिशुको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार जारी रहेको बताइएको छ ।
जिल्लामा उपचार सम्भव नभएपछि बुधबार नै शिशुलाई बुटवल रिफर गरिएको थियो । वडा प्रहरी कार्यालय लमहीका अनुसार प्रहरी थुनामा राखिएकी निर्मामा मानसिक समस्याका लक्षणहरू देखिएका छन् । उनलाई उपचारका लागि पठाउनेबारे भन्ने छलफल भइरहेको बताइएको छ ।
Leave a Reply