काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाका डेभिड वार्नरले नेदरल्याण्ड्सविरुद्ध शतक हानेका छन् ।
भारतको दिल्लीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाका लागि वार्नरले ९१ बलमा शतक बनाएका हुन् ।
त्यसक्रममा उनले ११ चौका र तीन छक्का हानेका थिए । उनी १०४ रन बनाएर आउट भए ।
ओडीआई क्रिकेटमा वार्नरको यो २२ औं शतक समेत हो ।
Leave a Reply