काठमाडौं । हङकङले युएईलाई ६९ रनले पराजित गरेको छ । त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत बुधबार मुलपानीमा भएकोखेलमा हङकङ विजयी भएको हो।
हङकङले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको युएईले निर्धारित ओभरको खेलमा ५ विकेटको क्षतिमा १४३ रनमात्र बनाउनसक्यो। युएईका लागि बसिल हमीदले अविजित ३० रन र निलन्सले अविजित ३१ रन बनाए।
त्यसअघि युएईका लागि खलिद साहलेसर्वाधिक ३५ रन बनाए भने अलिशान सराफुले ३० रन बनाए। त्यस्तै कप्तान मुहम्मद वाशिम १ रन, भर्जित्या अरविन्द ७ रन र असिफखान शून्य रनमै आउट भए।
यसअघि टस जितेर हङकङले ३ विकेटको क्षतिमा २१२ रन बनाएको थियो। हङकङका लागि मार्टिन कोइट्जीले सर्वाधिक ८६ रनबनाए। त्यस्तै बाबर ह्यातले ६० रनमा अविजित रहे।
त्यस्तै अन्सी राथले ४१, कप्तान निजाकत खानले ९ रन बनाएर पेभेलियन फर्किँदा यसिम मुर्ताज ३ रनमा अविजित रहे।
युएई पराजित भए पनि रनरेटको आधारमा फाइनल यात्रा सुनिश्चित गरेको छ। शुक्रबार नेपाल र युएईबीच फाइनल खेल हुनेछ।
Leave a Reply