काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत हङकङले युएईलाई २१३ रनको विशाल लक्ष्य दिएको छ ।
बुधबार मुलपानीमा टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित ओभरको खेलमा ३ विकेटको क्षतिमा २१२ रन बनाएको हो।
हङकङका लागि मार्टिन कोइट्जीले सर्वाधिक ८६ रन बनाए। उनले ५५ बलमा १० चौका र ४ छक्का प्रहार गरे। त्यस्तै बाबर ह्यातले ६०रनमा अविजित रहे। उनले २० बलमै ५ चौका र ५ छक्का प्रहार गरे।
त्यस्तै अन्सी राथले ४१, कप्तान निजाकत खानले ९ रन बनाएर पेभेलियन फर्किँदा यसिम मुर्ताज ३ रनमा अविजित रहे।
Leave a Reply