Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • गाजामा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भयो, बिना सर्त युद्धविराम हुनुपर्छ : एन्टोनियो गुटेरेस

    गाजामा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भयो, बिना सर्त युद्धविराम हुनुपर्छ : एन्टोनियो गुटेरेस

    अनलाइन नेपाल
  • बुधबार, ८ कार्तिक २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली सेना र प्यालेस्टाइनको हमास समूह बिच चर्किएको द्वन्द्वले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताएका छन् ।

    उनले गाजा क्षेत्रमा बिना सर्त दुवै पक्षले तत्काल युद्धविरामको घोषणा गर्नुपर्ने बताए ।



    हमासले अक्टोबर ७ का दिन दक्षिणी इजरायलमाथि अप्रत्यासित आक्रमण गरेर १४ सय नागरिकको ज्यान लिएसँगै इजरायलले विशेष गरेर गाजा क्षेत्रमा आफ्नो जल, थल र वायु सेनाको प्रयोग गरेर निरन्तर आक्रमण गरिएको छ ।



    इजरायलको आक्रमणका कारण हजारौं प्यालेस्टाइन नागरिकको ज्यान जानुका साथै लाखौं घरबार विहिन भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार