Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • एसियाली पारा खेलकुदमा पलेशाले जितिन् ऐतिहासिक पदक

    एसियाली पारा खेलकुदमा पलेशाले जितिन् ऐतिहासिक पदक

    अनलाइन नेपाल
  • बुधबार, ८ कार्तिक २०८०
  • 576
    SHARES

    काठमाडौं । पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी छिन् ।

    चीनको होङजाउमा जारी एसियाली पारा खेलकुदमा पलेशाले महिला के– ४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जित्दै इतिहास रचेकी हुन् ।



    पलेशाले एसियाली पारा खेलकुदमा जितेको कांस्य पदक उनको मात्र नभई नेपालकै लागि पनि अहिलेसम्म पहिलो र एक मात्र पदक हो ।



    नेपालले एसियाली पारा खेलकुदमा सुरुको संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार