Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • आज पनि दसैंको टीका र जमरा लगाइँदै

    आज पनि दसैंको टीका र जमरा लगाइँदै

    अनलाइन नेपाल
  • बुधबार, ८ कार्तिक २०८०
  • 498
    SHARES

    काठमाडौं । आज पनि दसैंको टीका र जमरा लगाइँदै छ ।

    मंगलबार शुभ साइतको टीका थाप्न नपाएकाहरू आज पनि आफन्तकहाँ आर्शिवाद लिन जाने गरेका हुन् ।



    यो क्रम कोजाग्रत पूर्णिमाको दिनसम्म रहन्छ । नौ दिनसम्म दसैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट हिजो टीका र जमरा ग्रहण गर्दै विजया दशमी मनाइएको थियो ।



    यस्तै आज पापाङ्कुशा एकादशी पनि रहेको छ। विजयादशमीको भोलिपल्ट पर्ने यस एकादशीका दिन व्रत बस्नाले र भगवान् विष्णुको उपाशना गर्नाले मोक्ष प्राप्ति हुने विश्वास छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार