Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण

    राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण

    अनलाइन नेपाल
  • मंगलबार, ७ कार्तिक २०८०
  • 804
    SHARES

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैंको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गरेका छन् । राष्ट्रपतिले साथै गुरु पुरोहितबाट पनि दसैंको दीका, जमरा, प्रसाद गरेका हुन् ।

    शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा मंगलबार राष्ट्रपति पौडेलले दसैंको शुभ साइत ११ बजेर २ मिनेटमा टीका प्रसाद ग्रहण गरेका हुन् । आफूले टीका ग्रहण गरेपछि राष्ट्रपतिले परिवारका सदस्यलाई टीका लगाइदिएका छन् ।



    विजया दशमीका अवसरमा राष्ट्रपति पौडेलले अति विशिष्ट व्यक्तित्वहरूलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणका लागि ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको छ ।



    राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा विजया दशमीको दिन शीतल निवास राष्ट्रपति कार्यालय सम्माननीयहरू, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरु, सांसद, संवैधानिक निकायमा प्रमुख एवम विशिष्ट व्यक्तित्वहरूलाई २ बजेदेखि ३ बजेसम्म टीका प्रसाद ग्रहण गर्ने र सर्वसाधरणका लागि ३ देखि ५ बजेसम्म टीका प्रसाद गर्ने कार्यक्रम तय गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार