Online Nepal
  • शुक्रबार, १४ मंसिर २०८१
  • इजरायल–हमास युद्ध : तेस्रो मानवीय सहायता समूह गाजामा प्रवेश

    इजरायल–हमास युद्ध : तेस्रो मानवीय सहायता समूह गाजामा प्रवेश

    अनलाइन नेपाल
  • सोमबार, ६ कार्तिक २०८०
  • 726
    SHARES

    एजेन्सी । आवश्यक सहायता लिएर गएको सवारीसाधनको तेस्रो समूह इजिप्टसँगको रफाह ‘क्रसिङबाट गाजामा प्रवेश गरेको छ ।

    २० लाखभन्दा बढी नागरिकको घर गाजाले इजरायलको लगातारको बमबारी र पूर्ण नाकाबन्दीका कारण गम्भीर पानीको समस्या र भोकमरीको खतराको सामना गरिरहेको छ ।



    शनिबार र आइतबार कुल ३४ ट्रकले सोही रफाह क्रसिङमार्फत इजिप्टबाट गाजासम्म खाद्यान्न, पानी, औषधि र चिकित्सकीय उपकरणसहित अत्यावश्यक सामग्री पुर्‍याएका थिए ।



    यी प्रयासका बाबजुद मानवअधिकार संस्थाहरूले प्यालेस्टाइनी क्षेत्रसम्म पर्याप्त रूपमा सहायता सामग्री नपुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

    संयुक्त राष्ट्रसंघका विज्ञले आइतबार गाजामा इजरायलको कारबाहीलाई मानवताविरुद्धको अपराधसरह भएको घोषणा गरेका थिए ।

    गाजाका निम्ति इजरायलको सीमा क्रसिङ बन्द गरिएका कारण इजिप्ट र गाजालाई जोड्ने रफाह क्रसिङ प्यालेस्टाइनी क्षेत्रमा सहायता सामग्री पुर्‍याउने एक मात्र व्यावहारिक मार्ग बनेको सीएनएनले जनाएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार