Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • चित्रबहादुर केसी भन्छन्-राजनीति व्यापार भयो

    चित्रबहादुर केसी भन्छन्-राजनीति व्यापार भयो

    अनलाइन नेपाल
  • आइतबार, १८ साउन २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केही राजनीतिक दलका केही नेताले राजनीतिलाई व्यापार बनाएको गुनासो गरे। उनले भने, “राजनीति भनेको समाज सेवा हो, तर केही नेताले राजनीतिलाई व्यापार बनाए, जसका कारण देश उँभो लाग्न सकेन, नेता मात्र उँभो लागे । हिजो थोत्रा चप्पल लगाउनेहरुले ठूला–ठूला महल बनाए ।”

    संवाद क्लब नेपालले शनिबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले राजनीति देश र जनताका लागि भए पनि त्यसो हुन नसकेको र भागवण्डामा सीमित भएको गुनासो गरे।



    जनताको बलिदानबाट प्राप्त भएको व्यवस्था खराब नभए पनि सञ्चालन गर्ने नेताहरुमा इमान नभएको दुखेसो गरे। उनले सत्तारुढ नेकपाभित्रको पछिल्लो विवादलाई अध्यक्ष केसीले नेता केन्द्रित राजनीतिको सङ्ज्ञा दिए । उनले नेकपामा भावनात्मकरूपमा एकता नै नभएका कारण समस्या आएको बताए ।



    सो अवसरमा राजनीतिक विश्लेषक विष्णुप्रसाद शर्माले राजनीतिक दलका नेताले देश र जनताको पक्षमा काम गर्न नसकेको बताए । उनले देशमा भ्रष्टाचार बढेकामा चिन्ता व्यक्त गरे।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार