काठमाडौं । त्रिदेशीय शृङ्खलामा यूएईविरुद्धको खेलमा नेपाललाई तेस्रो झट्का लागेको छ ।
यूएईले दिएको १६५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको नेपालले सुरुवातमै ३ विकेट गुमाएको हो ।
तेस्रोको रुपमा कुशल मल्ल शून्य रनमा रन आउट भए । यसअघि सोमपाल कामी मात्र २ रन बनाएर तथा कुशल भुर्तेल पहिलो ओभरमा नै मात्र एक रन बनाएर आउट भएका थिए ।
नेपालले ३ विकेटको क्षतिमा ११ रन बनाएको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो।
Leave a Reply