काठमाडौं । भोली अर्थात कात्तिक ७ गते मङ्गलबार परेको विजयादशमीको साइत बिहान ११ः०२ बजे परेको छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भएपनि साइत खोज्नेका लागि बिहान ११ स् ०२ बजेको साइत उत्तम रहेको छ ।
नौ दिनसम्म पूजा आराधना गरेको दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ ।
दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।
नौ दिनसम्म नवदुर्गाको पुजा आरधाना गरेपछि दशमिको दिन मान्यजनबाट टीका प्रसाद ग्रहण गर्ने चलन छ ।
Leave a Reply