एजेन्सी । अन्तरिक्षमा भारतको पहिलो मानव मिसन ‘गगनयान’ को परीक्षण उडान सफलतापूर्वक प्रक्षेपण गरिएको छ ।
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन इसरोका अनुसार यो परीक्षणले रकेटमा कुनै खराबी भएमा चालक दलका सदस्य कसरी बाँच्नेछन् भन्ने कुरा पत्ता लगाउने छ ।
परीक्षण उडान सफल भएपछि अर्को वर्ष अन्तरिक्षमा रोबोट पठाउनेलगायत कार्यका लागि मार्ग प्रशस्त गर्ने बताइएको छ ।
इसरोले यस्तै किसिमका तीन वटा परीक्षण गरेपछि मानिससहितको यान अन्तरिक्षमा पठाउने तयारी गरेको छ ।
Leave a Reply