एजेन्सी । पेरिस सेन्ट जर्मेनले लिग वानमा स्ट्राट्सबर्गलाई ३–० को गोलको पराजित गरेको छ ।
किलियान एम्बाप्पेले खेलको १० औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यो सिजन लिगमा उनको सातौँ गोल पनि हो । उनी यो सिजन लिगमा सर्वाधिक गोलकर्ता बनेका छन् ।
त्यसपछि स्ट्राट्सबर्गका लागि लेबो मोथिबाले गोल गरे पनि त्यसलाई अफसाइड करार गर्दै रद्द गरिएको थियो । ३१ औँ मिनेटमा एम्बाप्पेले कार्लोस सोलेरका लागि गोलको अवसर सिर्जना गरे ।
७७ औँ मिनेटमा फाबियान रुइजले तेस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । जितपछि ९ खेलबाट पीएसजीको १८ अङ्क रहेको छ ।
Leave a Reply