काठमाडौं । दशैंको सातौं दिन फूलपाती, शनिबार नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपातीको बढाइँ गरेको छ ।
काठमाडौंस्थित टुँडिखेलमा सेनाले फूलपातीको दिनको अवसरमा बढाइँ गरेको हो ।
सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ । बढाइँका अवसरमा सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो ।
फूलपाती बढाइँ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, नेपाल सरकारका मन्त्रीहरु तथा सरकारका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
Leave a Reply