एजेन्सी । सहायता सामग्री बोकेका ट्रकहरू गाजा प्रवेश गरेका छन् । इजरायलले १५ दिनदेखि गाजामा खाद्यान्न, पानी, बिजुली र अत्यावश्यक औषधिसमेत जान दिएको थिएन ।
तर इजिप्टले रफाह सीमा नाका खोलेपछि २० वटा ट्रक गाजा प्रवेश गरेका हुन् । इजरायलको नाकाबन्दीपछि गाजामा पुग्ने एकमात्र रफाह नाका इजिप्टले पनि बन्द गरेको थियो ।
अमेरिकी राष्ट्रपति जो बाइडेन, चीन र संयुक्त राष्ट्र सङ्घको प्रयासमा इजिप्टले सङ्ख्या तोकेर ट्रक प्रवेश गर्न दिने गरी नाका खोलेको हो ।
आज शनिवार बिहानैदेखि ट्रक गाजा गइरहेका र मानवीय सहायता सामग्री ट्रकबाट झार्दै गरेको तस्बिर सार्वजनिक भएका छन् । इजिप्टले दैनिक जम्मा २० वटा ट्रक मात्रै प्रवेश गर्न दिने जनाएको छ ।
Leave a Reply