काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दसैँको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।
अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने दसैँलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको उनले बताएका छन् ।
“नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र हो । मौलिक भेषभूषा सहितका विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ,” उनले भने, “विविधता बीचको एकता नेपालीको विशेषता हो । बडादसैँंले समुदाय, संस्थाहरूरु, परिवार र ब्यक्ति—ब्यक्तिबीचको एकतालाई अझ बलियो बनाउँदै आएको छ र बनाउनु पर्छ ।”
सभापति देउवाले आफू र आफ्नो पार्टीको तर्फबाट सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गरे ।
Leave a Reply