Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सर्लाहीमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

    सर्लाहीमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १८ साउन २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । सर्लाहीमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

    सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले दुर्घटनामा प्रदेश २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल चालक लालबन्दी–५ बस्ने ५० वर्षीय व्रह्मदेव चौधरी र ज. १ म. २३३ नम्बरको मोटरसाइकल चालक रौतहटको ईशनाथ नगरपालिका ७ बस्ने ५५ वर्षीय नन्द किशोर साहको मृत्यु भएको जानकारी दिए ।



    पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१७ मा उक्त मोटरसाइकल शनिबार राति आपसमा ठोक्किएका थिए । दुर्घटनामा घाइते भएका दुवैलाई उपचारका लागि अस्पताल लग्दै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।



    दुर्घटनामा ज. १ म. २३३ नम्बरको मोटरसाइकलको पछाडि सवार श्याम साह घाइते भएका छन् । टाउकोमा चोट लागेका उनको धनुषाको महेन्द्रनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार