Online Nepal
  • बुधबार, १० पुष २०८१
  • इजराइलमा मारिएका १० मध्ये ४ नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने

    इजराइलमा मारिएका १० मध्ये ४ नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने

    अनलाइन नेपाल
  • शुक्रबार, ३ कार्तिक २०८०
  • 819
    SHARES

    काठमाडौं । प्यालेस्टाइनी हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका १० मध्ये ४ जना नेपालीको शव आइतबार बिहान काठमाडौं आइपुग्ने भएको छ ।

    तेलअविवस्थित नेपाली राजदूतावास आज एक प्रेस विज्ञप्ति जारी गर्दै आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये ४ जनाको शव आइतबार काठमाडौं पुग्ने जानकारी दिएको छ ।



    दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘चार विद्यार्थीको शव भोलि दिउँसो १ः२५ बजेको फ्लाइ दुबईको उडानबाट नेपाल पठाईदैछ ।’ इजरायलबाट दुबईसम्म र त्यहाँबाट काठमाडौंसम्म पुग्ने व्यवस्था मिलाइएको राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।



    त्यसरी पहिलो चरणमा नेपाल पठाउन लागिएको शवमा नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्ट र आशिष चौधरीको रहेको छ।

    अन्य शव पहिचानको काम भइरहेको जनाइएको छ । सम्पर्कविहीन रहेका विपीन जोशीको खोजी भइरहेको पनि दूतावासले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार