काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालीहरुको संख्या उल्लेख्य भएका देशहरुमा तत्काल राजदूतावास खोल्नुपर्ने अवस्था रहेको बताएका छन् ।
बिहीबार मन्त्रालयमा पत्रकारसँग भेटघाट गर्दै मन्त्री भण्डारीले सो कुरा बताएका हुन् ।
उनले नेपालीको संख्या उल्लेख्य मात्रामा रहेका विभिन्न देशमा तत्काल राजदूतावास खोल्नुपर्ने अवस्था रहेको बताए ।
ती मुलुकमा सरकारको उपस्थिति अनिवार्य गर्नुपर्ने कुरा सरकारलाई महसुस भएको उनको भनाई छ ।
Leave a Reply